भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकलाई सहजरूपमा सेवा विस्तार गर्ने लक्ष्यले वडावडामै योजना सम्झौता गरेको छ । जनतालाई घरदैलोमा नै पुगेर सेवा दिने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेको हो । गाउँपालिकाले ‘योजना तथा कार्यक्रम सञ्चालन शिविर’ मार्फत वडास्तरमा पुगेर योजना सम्झौता गरेको छ । शिविरमार्फत गाउँपालिका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र…