२०८३, १७ बैशाख बिहिबार | Thu Apr 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज हरितालिका तिज, पशुपतिमा भक्तजनको घुइँचो




हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

तिज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३:०० बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले ६ बजेअगाडि नै दर्शन गराएको थियो । बिहान ६ बजेपछि भने महिला व्रतालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार ००:००  १२ : २३ बजे