२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘भाइरल गोर्खे’ फिल्म खेल्दै ऋषि धमला



पत्रकार ऋषि धमलाले नयाँ फिल्म खेल्ने भएका छन् । सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका हुन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ ।

उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको निर्देशक निगम श्रेष्ठले जानकारी दिए । धमलाको यो पहिलो फिल्म भने होइन । उनले यसअघि माल्भिका सुब्बाले निर्माण गरेको ‘हाउ फन्नी’मा अभिनय गरिसकेका छन् ।

धमलाले यसअघि आफ्नी पत्नी एलिजाको शीर्ष भूमिका रहेको फिल्म ‘अनुराग’को निर्माण गरेका थिए । ‘भाइरल गोर्खे’को कुरा गर्दा यो फिल्मको छायांकन यसैसातादेखि लमजुङको भुजुङमा सुरु भएको छ । यसमा सौगातसहित सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ ।

सामाजिक सञ्जालले पार्ने सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा फिल्म बन्न लागेको हो । निर्देशक श्रेष्ठ ‘छड्के २’ पछि निर्देशनमा फर्किन लागेका हुन् ।

प्रकाशित मिति : २०८१, १३ बैशाख बिहीबार ००:००  १ : ५० बजे