२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ काठमाडौंमा हुने



आगामी माघमा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ काठमाडौँमा हुने भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा माघको पहिलो साता महोत्सव हुने भएको हो ।

मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सवले नेपालीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्ने उनको भनाई छ ।

महोत्सवमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछन् ।

आगामी पुस १६ गतेसम्म चलचित्र दर्ता गर्न पाउने महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार ००:००  १० : ५४ बजे