२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा, वागमती प्रदेशका प्रमुखहरूको उपस्थिति



नुवाकोट जिल्लामा पूर्ण खोप सुनिश्चितता अभियानको सफलतासँगै नुवाकोटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। यस महत्त्वपूर्ण घोषणा कार्यक्रमको आयोजना जिल्लाका विभिन्न सरोकारवालाहरूको उपस्थितिमा गरिएको हो।

कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापा मगर, नुवाकोट जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख र महिला स्वयमसेविका लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिहरूले नुवाकोट जिल्लामा स्वास्थ्य क्षेत्रको समृद्धि र खोप अभियानको महत्त्वमाथि जोड दिएका छन ।

यस घोषणासँगै नुवाकोट जिल्ला भविष्यमा स्वास्थ्य सुधार र जनस्वास्थ्य प्रबद्र्धनको सम्भावनालाइ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१, २५ फाल्गुन आइतबार ००:००  १ : २४ बजे