२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गम गाउँकी अध्यक्ष गण्डकी थापा देशकै प्रभावशाली सय महिलाको सूचीमा



बाग्लुङको दुर्गम गाउँ बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका १ सय प्रभावशाली महिलाको सूचीमा परेकी छन् । वल्र्ड अफ वोमनले अध्यक्ष थापासहित सामाजिक क्षेत्रमा अब्बल काम गर्ने देशका सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको हो ।


प्रतिनिधि सभाको पहिलो महिला उपसभामुख शिवमाया तुम्बाहाम्फे, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठलगायत महत्वपूर्ण अवसर पाएका र देशका ठुला पदमा पुगेका महिलासहितको सूचीमा बाग्लुङको दुर्गम क्षेत्रमा पर्ने बडिगाड गाउँपालिका अध्यक्ष थापा पनि समेटिएकी हुन् ।
पछिल्लो समय जिम्मेवारीमा रहेर जनपक्षिय काम गरेका महिलाहरुको क्षमता, योजना र क्रियाशिलताका आधारमा सय जनाको सूची सार्वजनिक गरिएको वल्र्ड अफ वोमनले जनाएको छ ।


डब्ल्यूओडब्ल्यूले नेपालमा नेतृत्व तहमा रही परिवर्तनलाई अगाडि बढाउने महिलाहरूको सामूहिक शक्ति नामक शीर्षकमा प्रभावशाली महिलाको सुचिसहित उनीहरुको बारेमा लेखेको छ ।


सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्वलगायत विधामा छानिएका प्रभावशाली महिलामा अध्यक्ष थापा जनप्रतिनिधि तर्फ प्रभावशालीको सूचीमा परेकी हुन् ।


थापा यसअघि शी लिड्स आइकन अवार्डबाट पनि सम्मानित भएकी थिइन् । देशभरका महिला जनप्रतिनिधिहरु मध्येबाट उत्कृष्ट काम गर्ने प्रतिनिधिलाई छान्ने प्रतिस्पर्धामा पनि अध्यक्ष थापा अब्बल बनेकी थिइन् ।


विभिन्न निकायबाट हुने यस्ता मुल्याङ्कनले थप जनपक्षिय भएर काम गर्न प्रोत्साहन मिलेको अध्यक्ष थापाले अनलाइन सरोकारसँग बताइन् । चर्चाका लागि भन्दा नागरिकका लागि काम गर्न प्रेरणा मिलेको उनको भनाई छ ।


बाह्य मुल्याङ्कनमा अध्यक्ष थापा मात्रै होइन, सरकारी संयन्त्रबाटै भएका विभिन्न मुल्याङ्कनमा थापाले नेतृत्व गरेको बडिगाड गाउँपालिका पनि उत्कृष्ट बन्ने गरेको छ ।
अध्यक्ष थापाले निर्वाचित भए लगत्तैदेखि ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको उत्थान, महिला स्वास्थ्य र ग्रामीण पूर्वाधार सँगै नागरिकको निःशुल्क स्वास्थ्य बीमा, गर्भवती महिलाहरूको लागि एक्स–रे सेवा, पोषण सहयोगसहित कल्याणकारी कार्यक्रमहरू सुरुवात र साना उद्योगहरूलाई प्रवद्र्धन गरेर नागरिकलाई आत्मनिर्भर र पालिकालाई समृद्ध बनाउन भूमिका खेलीरहेकी छन् ।

प्रकाशित मिति : २०८१, २५ फाल्गुन आइतबार ००:००  १० : १५ बजे