२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य पाँच सयले बढ्यो



स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ ।

सोमबार प्रतितोला रु  एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु  एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।  

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन रु तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०८२, १६ बैशाख मंगलबार ००:००  ११ : ३९ बजे