२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापको बिजुलीकोटमा पहिरोले हलगोरु पुर्‍यो



रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा पहिरोले गोठ पुर्दा एक किसानको हलगोरु मरेको छ । स्थानीय केदार बस्नेतको गोठमा गएराति अविरल वर्षापछि माथिबाट आएको पहिरो खसेको हो ।

पहिरोले गोठ पुर्दा गोठभित्र रहेका हलगोरु मरेको छ भने  गोठमा पुरिएको दुई वटा गाईलाई घाइते अवस्थामा निकालिएको स्थानीय लीला बस्नेतले जानकारी दिनुभयो ।गएरातिको वर्षाका कारण अन्य स्थानमा पनि पहिरोको जोखिम बढिरहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०८२, ४ श्रावण आइतबार ००:००  ११ : ४८ बजे