२०८३, २१ बैशाख सोमबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखराबाट चाउचाउ लिएर खोटाङतर्फ जाँदै गरेको ट्रक दुर्घटना



मानेभञ्ज्याङ गाउँपालिका–६, सोक्माटारस्थित मध्यपहाडी लोकमार्गमा आज दिउँसो करिब २ बजे एक ट्रक दुर्घटना भएको छ। पोखराबाट चाउचाउ लिएर खोटाङतर्फ जाँदै गरेको ना६ख ४९३४ नम्बरको ट्रक ब्रेक फेल भई करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

दुर्घटनामा चालक तारा बहादुर लोप्चन सकुशल रहेका छन् भने सहचालक बेदमान गोलेको बायाँ खुट्टा सुन्निएपछि सामान्य उपचारका लागि जनसेवा हेल्थ केयर, घुर्मी (उदयपुर) पठाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार ००:००  ४ : २२ बजे