२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य तोलामा २ लाख ८ हजार नजिक



नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्दै २ लाख ८ हजार रुपैयाँ नजिक पुगेको हो ।

जसअनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२, १८ भाद्र बुधबार ००:००  ११ : ०७ बजे