२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परोपकारी संस्था हेड्स नेपालको नयाँ कार्यसमिति चयन



परोपकारी संस्था हेड्स नेपालको ३२ औँ साधारणसभा तथा १२ औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शनिबार काठमाडौँको बसुन्धरास्थित साउथ वेस्टर्न कलेजमा सम्पन्न साधारणसभाले अध्यक्षमा दिलीप देवकोटाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो।

नव–निर्वाचित कार्यसमिति यसप्रकार रहेका छन् :

  • अध्यक्ष : दिलीप देवकोटा
  • निवर्तमा अध्यक्ष : ईश्वर चन्द्र वानियाँ
  • वरिष्ठ उपाध्यक्ष : दिव्य राज पौड्याल
  • वरिष्ठ उपाध्यक्ष : शन्तमान श्रेष्ठ
  • उपाध्यक्षहरू : राम बहादुर श्रेष्ठ, गायत्री जोशी
  • महासचिव : केशब बर्तौला
  • कोषाध्यक्ष : लक्ष्मीश्वर देवकोटा
  • सचिव : हिमा ढकाल
  • सह–कोषाध्यक्ष : शान्ति लामा श्रेष्ठ
  • सदस्यहरूमा : राम कृष्ण शर्मा, हिरालाल श्रेष्ठ, निमा रिजाल, ज्ञानेन्द्र पोड्याल, यादव रिजाल र अभिमन्यु खड्की चएन भएका छन् ।

संस्थाको साधारणसभाले सामाजिक सेवामा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आइतबार ००:००  ३ : २९ बजे