२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछा मार्न गएका आमाछोरीको खोलामा डुबेर मृत्यु



माछा मार्न गएका आमाछोरीको दाङमा खोलामा डुबेर मृत्यु भएको छ । दाङको लमही नगरपालिका(१ बसन्तपुर निवासी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको खोलामा डुबेर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब २ बजेतिर घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा उनीहरू डुबेका थिए । श्रीमान भरत सार्कि, श्रीमती र छोरी माछा मार्न संगै गएका थिए ।

सुरुमा श्रीमती दहमा परिन् र उनलाई निकाल्न छोरी पनि त्यहाँ गएको, श्रीमानले छोरी र श्रीमती दुबैलाई निकाल्न कोशिस गरेपनि उद्दार गर्न नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।

घटनापछि प्रहरी निरीक्षक पाण्डेयको कमाण्डमा ८ जनाको टोली खटिएको थियो । मृतकहरूको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार ००:००  २ : ३७ बजे