२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेन–जेड आन्दोलन बुढानिलकण्ठमा हिंसात्मक, सरकारी कार्यालयसहित घरमा तोडफोड



देशभर फैलिएको Gen-Z आन्दोलनको क्रममा बुढानिलाकण्ठ नगरपालिकामा पनी क्षति पुगेको छ। आन्दोलनकारीहरूले वडाकार्यालय, जनप्रतिनिधिहरूको घर, निजी गाडी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका छन्।
नगरपालिकाको प्रशासनिक भवनलाई भने सुरक्षाकर्मी र जनप्रतिनिधिको प्रयासमा क्षति हुनबाट जोगाइएको छ। तर, विभिन्न वडा कार्यालय र निर्वाचित जनप्रतिनिधिहरूका निजी घर तथा गाडीहरू सुरक्षित रहन सकेनन्।

नगर प्रमुख मिठामार अधिकारीको घरमा समेत तोडफोड र लुटपाट भएको छ। उनले प्रतिक्रिया दिँदै भने,
“यदि मैले कसैलाई अन्याय गरेको छु वा भ्रष्टाचारमा संलग्न भएको प्रमाण छ भने, कुनै पनि नागरिकले अगाडि आएर भन्न सक्नुपर्छ। म दोषी साबित भए सजाय भोग्न तयार छु ।

वडा नं. १२ का अध्यक्ष सम्भु प्रसाद भट्टराईले जनप्रतिनिधि र सेवाग्राहीका लागि प्रयोग हुने कार्यालयदेखि निजी घरसम्ममा आक्रमण हुनु दुःखद भएको अनालाइन सरोकाराई बताउनु भयो ।
“जनताको सेवामा दिनरात लाग्ने जनप्रतिनिधिको घरमै आगजनी गरियो भने कसरी सुरक्षित महसुस गर्न सकिन्छ ? मेहनत गरेर जोडेको सम्पत्तिमा आगो लगाउनु निन्दनीय अध्यक्ष भट्टराईको भनाई छ ।

वडा नं. १० का अध्यक्ष नवराज भट्टराईले सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्तिमा पनि क्षति पु¥याउनु देशको अर्थतन्त्रका लागि ठूलो धक्का भएको बताउनु भयो ।
यसरी विध्वंशकारी आन्दोलन गर्दा जनताको विश्वास मात्र होइन, मुलुककै आर्थिक आधार कमजोर बन्ने उहाँको भनाइ छ।

वडा नं. १२ का अध्यक्षका भाइ सालिकराम भट्टराईका अनुसार करिब ३०० जनाको भीडमध्ये करिब ५० जना सक्रिय रूपमा तोडफोडमा संलग्न थिए ।
घरमा ढुङ्गामुढा प्रहार गरियो। पार्किङमा रहेका गाडीलाई घिसारेर सडकमा ल्याई आगो लगाइयो,” हाम्रो घर गाडी पनी आन्दोनकाबाट अछुत हुन नसकेको बताउनु भयो ।

Gen-Z आन्दोलनका क्रममा सरकारी कार्यालय, प्रहरी चौकीदेखि निजी घर र सम्पत्तिमा आक्रमण हुँदा स्थानीयवासी त्रसित बनेका छन्। निर्वाचित जनप्रतिनिधिहरू असुरक्षित बनेका छन् । वडाकार्यालय क्षतिग्रस्त हुँदा सेवा प्रवाहमा अवरोध संगै
सार्वजनिक तथा निजी सम्पत्ति नष्ट हुँदा आर्थिक क्षति बढेको छ।
सामाजिक आक्रोश शान्तिपूर्ण ढंगले प्रस्तुत गर्नुपर्नेमा हिंसा र लुटपाटले आन्दोलनलाई बदनाम बनाएको स्थानीयहरूले बताएका छन्।

बुढानिलाकण्ठमा भएको घटना Gen-Z आन्दोलन उग्ररूपमा देखिएको छ। आन्दोलनमार्फत परिवर्तन र सुधारको माग उठाइए पनि सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण गर्नु समाधान होइन भन्ने स्पष्ट भएको छ। अब जिम्मेवार निकायहरूले दोषी पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने र आन्दोलनलाई शान्तिपूर्ण बाटोमा फर्काउने पहल आवश्यक देखिन्छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार ००:००  १ : २५ बजे