२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजी प्रदर्शनको वस्तुस्थिति बुझ्न सेनाले बोलायो गणपतिहरू



जेनजी प्रदर्शनपछि सेनाले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’ थालेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा ठुलो मानवीय र भौतिक क्षति भएसँगै त्यसबारे वस्तुस्थिति बुझ्न भन्दै सेनाले गणपतिहरूलाई बोलाएको हो ।

जङ्गी अड्डा स्रोतका अनुसार सिंहदरबार स्थित नरसिंह दलका गणपति प्रमुख सेनानी ९लेफ्टीनेन्ट कर्णेल० गणेश खड्का, भवानीबस गण सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कुल तेघरी ब्यारेकका शिव भडेललाई बोलाएर सोधपुछ गरिएको छ ।

भविष्यमा पनि यस्ता प्रदर्शन हुनसक्ने आकलन गरेर गणपतिहरूसँग पृष्ठपोषण लिने काम भइरहेको सैनिक प्रवक्ता ९सहायकरथी० राजाराम बस्नेतले बताए ।

सुरक्षा चुनौती सामना गर्न आवश्यक पृष्ठपोषण लिने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०८२, ४ कार्तिक सोमबार ००:००  ३ : २३ बजे