२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक्ष्मीपूजाको साँझ गत वर्षभन्दा ४८ मेगावाट बढी बिजुली खपत



यसवर्षको तिहारमा लक्ष्मीपूजाको साँझ गत वर्षको भन्दा बढी बिजुली खपत भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रह्यो।

​तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने, बत्ती बाल्ने, घर उज्यालो बनाउने र फूलहरूले सजाउने यस पर्वको विशेषता हो। दिपावली र बत्तीलाई एक अर्काका परिपूरक मानिन्छ।

​प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो। गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजाको साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो।

​यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ।

प्रकाशित मिति : २०८२, ४ कार्तिक मंगलबार ००:००  ६ : १६ बजे