२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सञ्जाल बन्द हुँदैनः मन्त्री खरेल



सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् ।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थासंस्थाहरूसँगको छलफल गर्दै मन्त्री खरेलले सामाजिक सञ्जाल बन्द नहुने बताएका हुन् ।

नउले अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने प्रष्ट्याए । सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने उनले बताए ।

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे ।

उनले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेस गरी पारित हुने जानकारी दिए ।

केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार ००:००  ३ : ५४ बजे