२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी , समाजवादी सहितका दलहरुबीच एकता गरेर बन्ने नयाँ पार्टीको चुनाव चिह्न तारा



नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलहरुबीच एकता गरेर बन्ने नयाँ पार्टीको चुनाव चिह्न तारा राख्दा बामदेव गौतमले आफू सबैभन्दा बढी खुसी भएको बताएका छन् ।

पार्टी एकताको निर्णय गर्न हिजो भएको ८ घटकका नेताहरुको बैठकमा गौतमले आफ्नो खुसी साटेका हुन् । ‘यो चिह्न मैले चुनेको हुँ । घुम्दै फिर्दै तारा र मेरो फेरि भेट भयो,’ गौतमले भने, ‘म धेरै खुसी छु ।’

एमालेबाट अलग भएर गौतमको नेतृत्वमा २०५४ मा बनेको मालेको चुनाव चिह्न तारा थियो । २०५६ सालमा मालेका उम्मेद्वारहरुले तारा चिह्न नै प्रयोग गरेका थिए ।

तर गौतमले माले पार्टीलाई एमालेमै मिसाए । सीपी मैनाली सहितका केही नेताहरु एमाले फर्किएनन् । उनीहरुले जोगाएर राखेको चिह्न तारालाई नयाँ पार्टीले प्रयोग गर्ने भएको छ ।

संयोग, गौतम पनि केही समय अगाडि मात्र एकीकृत समाजवादी प्रवेश गरेका हुन् । ‘मैले चुने पनि छोडेको थिएँ । फेरि यो चिह्नसँग मेरो भेट भयो,’ गौतमले नेताहरुसँग भनेका छन् ।

नयाँ पार्टीको नाम भने टुंगो लाग्न बाँकी छ । नेकपा (समाजवादी), नेपाली कम्युनिष्ट पार्टी वा नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) राख्ने भन्नेमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८२, १७ कार्तिक सोमबार ००:००  १० : १७ बजे