२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खनाल पनि माओवादी सहितको एकता घोषणा सभामा



नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् ।

काठमाडौंको भृकुटिमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।

उक्त एकता घोषणा कार्यक्रमम खनाल पनि पुगेका हुन् । उनले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए ।

नयाँ दल दर्ता गर्ने बताएका खनाल अन्तत: प्रचण्ड–माधवसहितको एकतामै सहभागी हुन पुगेका हुन् ।

यसअघि उनी हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्न पुगेका थिए ।

प्रकाशित मिति : २०८२, २० कार्तिक बुधबार ००:००  २ : ४० बजे