२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै



‘सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नारासहित आज देशभर आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ भन्ने मूल मन्त्रसहित आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष मङ्सिर ११ मा सामाजिक सुरक्षा दिवस मनाइन्छ  ।

नेपालको संविधानमा सुनिश्चित सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा घोषणा गरेको थियो ।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा हक सुनिश्चित गर्दै योगदानकर्तालाई आवश्यक सुरक्षा प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको कोषले सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोषका अनुसार, सबै श्रमिकलाई योजनामा समावेश गरी आर्थिक तथा सामाजिक जोखिम न्यूनिकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणा मूर्तरूप दिनेजस्ता उद्देश्यसहित कोषका कार्यक्रम अघि बढाइएका छन् । साथै आज देश भरी सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

प्रकाशित मिति : २०८२, १२ मंसिर बिहीबार ००:००  ११ : ०१ बजे