नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज (मंसिर २६) युवा भेला गर्दै छ । थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा युवा भेला गर्न लागिएको पोखरेल समूहले जानकारी गराएको छ ।
पार्टी महाधिवेशन उद्घाटनको एक दिनअघि कार्यक्रम आयोजना गरिएको हो । पोखरेलले महाधिवेशनमा अध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् । उनी अध्यक्षमा केपी शर्मा ओलीको प्रतिस्पर्धी बन्ने र त्यसनिम्ति आफ्नो पक्षमा माहोल सिर्जना गर्न लागिपरेका छन् ।
युवा भेला बिहान साढे ११ बजेदेखि सुरु हुने जनाइएको छ ।
एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ (भोलि)देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।












