२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विशेष महाधिवेशनमा सहभागी हुन कास्की सभापतिको आग्रह



नेपाली कांग्रेसका कास्की जिल्ला सभापति किशोरदत्त बरालले पार्टीको विशेष महाधिवेशनमा सक्रिय सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । बिहीबार (पुस २४) एक अपिल जारी गर्दै उनले पार्टीलाई विधि र विधानानुसार अगाडि बढाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् ।

बराल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मानिकट मानिन्छन् । केन्द्रीय कार्यालयले विशेष महाधिवेशनलाई वैधानिकता नदिने र त्यसको अवज्ञा गर्न मातहतका निकायलाई ‘सर्कुलर’ जारी गरेको छ । कास्की सभापति बरालले भने महामन्त्रीद्वय गगन थापा र शर्माको कदमलाई समर्थन गरेका हुन् ।

पार्टीको १५औँ महाधिवेशन समयमा हुन नसकेको र विधान संकटमा परेको उनले उल्लेख गरेका छन् । विशेष महाधिवेशनलाई सफल बनाउन उनले सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।

सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन (कार्यक्रम)लाई पार्टी हितविपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको छ । तर, महामन्त्रीद्वय पक्षले विधानको मर्मानुसार तोकिएको समयमा नियमित महाधिवेशन हुन नसकेकाले विशेष नै संकटमोचनको बाटो भएको जिकिर गर्दै आएको छ ।

कास्की सभापति बरालले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई उत्साहपूर्वक काठमाडौंमा उपस्थित हुन आह्वान गरेपछि कांग्रेसभित्रको आन्तरिक किचलो थप प्रस्ट देखिएको छ ।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार ००:००  ११ : ५९ बजे