२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धावनमार्ग जहाज आकस्मिक रोकेर पार्किङमा फर्काइयो



काठमाडौंबाट टर्कीको इस्तानबुल उडान गर्न लागेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ बे फर्काइएको छ ।

टीके–७२७ उडान नम्बर रहेको जहाज काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।

उडान अनुमति पाएर धावनमार्गमा दौडिसकेको अवस्थामा इन्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नुपरेको जानकारी आएको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

‘इन्डिकेसनमा समस्याको संकेत आएपछि दौडिसकेको जहाज आकस्मिक रोकेर फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँचपछि जहाज उडानमा फर्कन्छ ।’

प्रकाशित मिति : २०८२, १२ माघ आइतबार ००:००  ४ : २२ बजे