काठमाडौंबाट टर्कीको इस्तानबुल उडान गर्न लागेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ बे फर्काइएको छ ।
टीके–७२७ उडान नम्बर रहेको जहाज काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।
उडान अनुमति पाएर धावनमार्गमा दौडिसकेको अवस्थामा इन्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नुपरेको जानकारी आएको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
‘इन्डिकेसनमा समस्याको संकेत आएपछि दौडिसकेको जहाज आकस्मिक रोकेर फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँचपछि जहाज उडानमा फर्कन्छ ।’











