२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचारसंहिता उल्लंघनको आरोपमा राईविरुद्ध उजुरी



पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य राजेन्द्रकुमार राईविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको तर्फबाट उमेदवार बनेका राईले मतदातालाई प्रभावित गर्ने गरी धनकुटाको सहिदभूमि गाउँपालिका–१, सफाइटारकी बासुरीवादक तीर्थकुमारी राईलाई नगदसहित सम्मान गरेको आरोप छ ।

उजुरीमा राईले गाउँमै पुगेर दोसल्ला ओढाएर नगद प्रदान गरेको तथा सो कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज राईले पनि पाँच हजार रुपैयाँ सहयोग गरेको उल्लेख छ । नेपाली कांग्रेसका जिल्ला सभापति तथा उमेदवार दिनेश राईले यस्तो कार्य आचारसंहिताविपरीत भएको भन्दै उमेदवारी खारेजीको मागसहित उजुरी दर्ता गराएका हुन् ।

उजुरीपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षलाई छलफलका लागि बोलाइएको कार्यालयका सूचना अधिकारी इन्द्रकुमार योङ्हाङले बताए । प्रमाणका आधारमा निर्णय गरिने र उल्लंघन पुष्टि भए उमेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२, १२ माघ सोमबार ००:००  १० : ५९ बजे