२०८२, १ फाल्गुन शुक्रबार | Fri Feb 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनास्लु वर्ल्ड कलेजको ‘विशिष्ट व्यक्तित्व सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा सम्पन्न



मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको ‘विशिष्ट व्यक्तित्व सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२’ अत्यन्त भव्य र सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। कलेजको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित उक्त समारोह काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख आकर्षणका रूपमा Manaslu Idol 2082, Manaslu Dancing Star 2082 तथा Mr. & Ms. Manaslu 2082 को ग्रान्ड फिनाले सम्पन्न गरिएको थियो। विद्यार्थीहरूको उत्साहजनक सहभागिता र दर्शकहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई अझै रोचक र ऊर्जावान बनाएको थियो।

सो अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कलाकारिता, खेलकुद, समाजसेवा तथा शिक्षाक्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई कलेजले कदरस्वरूप सम्मान प्रदान गरेको थियो। साथै, मनास्लु वर्ल्ड कलेजमा अध्यापनरत उत्कृष्ट ६ जना शिक्षक तथा कर्मचारीलाई पनि कार्यसम्पादनका आधारमा सम्मान गरिएको कलेज प्रशासनले जनाएको छ।

कार्यक्रममा ‘Manaslu Excellence Award 2082’ अन्तर्गत कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने १० जना विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो। यसले विद्यार्थीहरूमा थप प्रेरणा र हौसला प्रदान गरेको आयोजकको भनाइ छ।

राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति कार्यक्रमको अर्को मुख्य आकर्षण बनेको थियो। चर्चित कलाकारहरूको बेजोड प्रस्तुति र विद्यार्थीहरूको विविध सांस्कृतिक कार्यक्रमले समारोहलाई उल्लासमय बनाएको थियो। कलेजमा अध्ययनरत विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य सिर्जनात्मक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

विभिन्न क्षेत्रका करिब ३०० भन्दा बढी अतिथिहरूको सहभागिताले कार्यक्रमको गरिमा अझ उचो बनाएको थियो। अभिभावक, पूर्वविद्यार्थी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कलेज व्यवस्थापनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्दै यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, ३० माघ बिहीबार ००:००  ७ : १५ बजे