२०८३, १६ जेष्ठ शनिबार | Sat May 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिदा भइन् सिंहदरबारबाट प्रधानमन्त्री कार्की



प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ति लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ ।

जिम्मेवारी छाड्न केही दिन मात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिम्मेवारी छाडिसकेकी छिन् ।

‘उहाँ अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नआउने जानकारी गराएर अनौपचारिक रूपमा बिदाबारी हुनुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्बद्ध एक उपसचिवले भने, ‘कर्मचारीहरूले बिदाइ गर्ने प्रस्ताव गरेका थिए, तर उहाँले मलाई बिदाइ गर्नुपर्दैन, अनौपचारिक रूपमा नै जान्छु भन्नुभएको छ ।’

ती उपसचिवका अनुसार त्यसपछि प्रधानमन्त्री कार्की सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका सामान पनि सचिवालयका कर्मचारीले लिएर गएका छन् ।

प्रकाशित मिति : २०८२, १० चैत्र मंगलबार ००:००  ५ : ४७ बजे