२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले सचिवालय बैठक आज



नेकपा (एमाले)को सचिवालय बैठक आज (चैत १७) बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सचिवालय बैठक बस्ने एमालेले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलगायत विषयमा बैठकमा छलफल गरिनेछ । गएको शनिबार (चैत १४) पनि एमाले सचिवालय बैठक बसेको थियो । सोही बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको थियो । उक्त बैठकबाट ओलीको रिहाइको माग गरिएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा चैत १४ गते ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । सोही प्रतिवेदनका आधारमा आज बिहान प्रहरीले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८२, १७ चैत्र मंगलबार ००:००  १० : २० बजे