२०८३, १४ श्रावण बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगियो



प्रहरी हिरासतमा रहेका कलाकार सागर लम्साल बलेलाई सरकारी वकिल कार्यालय लगिएको छ । आज म्याद थप गर्नुअघि उनलाई बयानका लागि लगिएको हो ।

अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई हिजो पक्राउ गरिएको थियो । उनलाई हत्कडीसहित थुनुवा पोशाकमा प्रहरीले सरकारी वकिल कार्यालय पुर्याएका छन् ।

उनीविरुद्ध कुनै जाहेरी नभएकाले शान्ति सुरक्षामा खलल पुर्याएको महलमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : २०८२, २२ चैत्र आइतबार ००:००  ४ : ४५ बजे