२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव्यवस्थित होर्डिङ बोर्ड : कुरूप बन्दै शहर, छैन मापदण्ड



काठमाडौँ महानगरपालिका भित्र  बिभिन्न स्थानहरूमा अव्यवस्थित होर्डिङ बोर्ड छन् । जसले काठमाडौं महानगरलाई अत्यन्त कुरूप तुल्याइरहेको छ । व्यवसायीले शहरी सौन्दर्य बिग्रने गरि  होर्डिङ राख्दा दुर्घटनाको पनि जोखिम बढेको छ । 

भवनको भुइँतलादेखि छतसम्म भरिभराउ बोर्ड झुन्डाउँदा सहरी सौन्दर्य त बिगारेको छ नै, सुरक्षामा समेत गम्भीर प्रश्न उब्जिएको छ। जथाभावी व्यवसायी परिचयपाटी होर्डिङ  बोर्ड राख्दा काठमाडौं सहर निकै कुरूप बनेको सर्वसाधारण बताउँछन् ।

राजधानीका केही स्थानबाट  विभिन्न बोर्ड जफत गरि टेकु स्थित प्रहरी ब्यारेकमा राखिएको छ । तर सबै स्थानमा उचित व्यवस्थापन गर्न महानगर असक्षम देखिएको छ । देशको केन्द्रबिन्दु काठमाडौंमा नै यस्तो अस्तव्यस्तता हुनु हास्यास्पद छ । 

यता महानगर प्रहरी  प्रमुख धनपति सापकोटा भने  व्यवसाय परिचय पाती होर्डिङ  बोर्ड राख्न मिल्ने बताउँछन्  ।  व्यवसाय गर्न स्वीकृति दिएपछि परिचयपाटी पनि राख्न दिनुपर्ने उनको भनाई छ ।

सहरी सौन्दर्य  बिगार्ने विज्ञापन पाटि भने महानगरले  विस्थापित गरेको छ   । तर व्यवसायिक परिचय पाटी अत्याधिक हुँदा यसले निम्त्याएको समस्या ताउको दुखाईको विषय बनिरहेको छ । अव्यवस्थित होर्डिङ  बोर्डलाई व्यवस्थित बनाउने उपयुक्त सूत्र खोज्न महानगरले कदम चाल्नै पर्छ । 

प्रकाशित मिति : २०७९, १३ श्रावण शुक्रबार ००:००  १ : १३ बजे