२०८२, १३ चैत्र शुक्रबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेसुङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निशुल्क गर्ने



गुल्मी। रेसुङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निशुल्क गर्ने भएको छ ।

नयाँ जनप्रतिनिधि आएसंगै गरेको पहिलो निर्णय आखाको निशुल्क शल्यक्रिया हुने थियो। सोहि अनुसार बिहीवार रेसुङ्गा नगरपालिका गुल्मी र नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मी बिच सम्झौता भएको नगरप्रमुख पन्थीले बताए। उनले आँखा जस्तो संवेदनशील अंगको उपचारलाई निशुल्क बनाउँदा नगरका जनता धेरै लाभान्वित हुने बताएका छन् ।

नगरपालिकाको उक्त निर्णय पछि स्थानियबासिहरु दृष्टिको समस्याका लागि अन्य जिल्ला जानु पर्ने समस्या समाधान हुने बताएका छन् । 

नगरपालिकाका प्रमुख  खिलध्वज पन्थीले आफ्नो योजना अनुसार काम गरि नगरपालिकाको मुहार फेर्ने बताएका छन्  ।

प्रकाशित मिति : २०७९, २७ श्रावण शुक्रबार ००:००  १२ : २२ बजे