देवदह। रूपन्देहीको देवदह वडा ८ मा बुद्ध मावली सहकारी संस्था गठन भएको छ ।
बुद्ध मावली वनका अध्यक्ष गोविन्द बहादुर खत्रीको अध्यक्षता र लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन उकेश राज भुजुको प्रमुख आतिथ्यमा सहकारी गठन भएको हो ।
उक्त सहकारीको अध्यक्षमा अम्बिका पाण्डे, उपाध्यक्षमा हेमाकाली थापा पुन मगर, सचिवमा चोलिमाया राना, खिमा थापा कोषाध्यक्षमा लक्की कुमारी राना लगायत ४१ सदस्यीय टोली सर्वसम्मतिमा गठन गरिएको छ ।
सहकारीले आगामी दिनमा विशेष गरि महिलाको हितमा काम गर्ने अध्यक्ष अम्बिका पाण्डेले बताइन ।