नुवाकोट । नुवाकोटमा कांग्रेस नेता बहादुरसिंह लामाको चुनावी माहोल तातेको छ । जिल्लामा पछिल्लो समय विकासपे्रमी नेताको छवि बनाएका लामाले आफुले जिल्लामा गरेको कामलाई चुनावी ऐजेण्डा बनाएका थिए । विगतमा गरेका काम र आगामी योजना बोकेर मतदाताको घरदैलोमा पुगिरहेका लामाको पक्षमा जनलहर देखिएको छ ।
लामाको पक्षमा देखिएको जनलहरले उनका प्रतिस्पर्धीको निद हराम गराएको छ । ‘जताततै बहादुर दाईकै पक्षमा जनलहर छ । उहाँको चुनावी माहोल देखेर विपक्षीहरु हारको मानसिकतामा पुगिसकेका छन् ।’ कांग्रेसका एक नेताले भने, ‘उहाँसँग कसैको प्रतिस्पर्धा नै हुँदैन । भोट खसाल्न मात्रै बाँकी हो चुनाव त उहाँले जितिसक्नुभयो ।’ सांसद निर्वाचित भएपछि लामाले नुवाकोटमा थुप्रै विकासे योजना भित्र्याएका छन् । लामाको विकासप्रतिको लगावका कारण उनी जनस्तरमा प्रिय नेताका रुपमा स्थापित छन् ।
त्रिशूली खोलामा निर्माण भएका महादेवस्थान–दर्शनटार पुल, सिर्खाली पुल, ढोडबेसी–बुधसिं पुल, तुप्चे–भैंसे पुल, बुङताङ –ब्रामनचेत पुल, पहरेखोप–बगुवा पुल, मनकामना–फिकुरी –काहुले –भाल्चे – साल्मे सडक कालोपत्रे, खड्गभञ्ज्याङ– छत्रेखोला– नेवारपानी– तारुका सडक, हात्तिगौंडा राईसिं– हर्कपूर –देउराली– मेघाङ– किम्ताङ सडक, कोलनी– आँगुटार–तुप्चे–सोले सडक कालोपत्रे, सोले–जामूने–किर्नेवगर– बुङताङ–देउराली सडक, दर्शनटार–उपल्लो डिही–कौसेनी– तारुका जोरचौतारो र सुनाखेती–पिडालुवारी–पारिजात स्कूल जाने रणनीतिक सडकले साविक ३ नं. क्षेत्रलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पु¥याउने काम लामाको पहलमा भएका महत्वपूर्ण काम मानिन्छन् ।
नुवाकोटको पूर्वाधार विकासका क्षेत्रमा लामाको योगदान बढी छ ।
आफ्नो कार्यकालमा अहिलेसम्मकै सबैभन्दा बढी विकास बजेट आफ्नो निर्वाचित क्षेत्रमा ल्याउन सफल भएका लामाले सुरु गरेको विकास अभियानलाई सार्थक रुप दिन पनि आफु फेरि उम्मेदवार बनेको लामाले बताए ।
मंसिर ४ गते हुने निर्वाचनमा नुवाकोट– २ प्रदेशसभा ख बाट प्रदेशसभा सदस्यमा लामाले उम्मेदवारी दिएका छन् ।
लामाले नुवाकोटको समृद्धि र विकासका लागि दिर्घकालिन महत्व राख्ने योजनाहरु अघि सारेका छन् ।
२०४३ सालदेखि राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय प्रतिवान नेता हुन् । कांग्रेसकाे वर्तमान केन्द्रीय सदस्य लामा नेपाली कांग्रेसभित्र इमान्दार र विकासप्रेमी नेताको रुपमा चिनिएका छन् ।
लामाले जिल्लाको लागि महत्वपूर्ण योगदान दिएका छन् ।
एमाओवादीका चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई दोस्रो संविधानसभा निर्वाचनमा भारी मतले हराएर सभासद चुनिएसँगै उनले जिल्लाको लागि उल्लेखनीय काम गरेका छन् ।
नेपाली काँग्रेसका नेता तथा निर्माण ब्यावसायी लामा बिभिन्न संघ संस्थामा आवद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय छन् ।
नेपाली कांग्रेसका नेता बहादुर सिंह लामा राष्ट्रिय राजनितिमा स्थापित नाम हो ।
२०४३ सालवाट विधार्थी राजनीति सुरु गरेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय लामा नुवाकोटका लोकप्रिय नेता हुन् ।
२०५४ सालमा गाबिस बनेर अध्यक्ष जनप्रतिनिधिको भूमिका सुरु गरेका लामा नेपाली कांग्रेसभित्र इमान्दार र विकासप्रेमी नेताको रुपमा चिनिन्छन् ।
आर्थिक, सामाजिक, खेलकुद र पूर्वाधार विकासमा सकृयत बहादुर सिंह लामा नुवाकोटको विकासको मुल फुटाउने नेता हुन् ।
बागमती प्रदेशको मुख्यमन्त्रीको शसक्त दावेदारका रुपमा लामालाई हेरिएको छ । मंसिर ४ मा चुनाव जितेर समुन्नत प्रदेश र समृद्ध नुवाकोट बनाउने अठोटका साथ लामा चुनावी मैदानमा छन् ।
युवा देखि वृद्धासम्मका प्रिय बहादुर चुनाव जितेर संसद छिर्ने रणनितिमा छन् ।