चन्दननाथ नगरपालिकाले जुम्लालाई पर्यटकीय हव बनाउने नीति ल्याएको छ । परम्परागत धर्म, संस्कृति, कला, लोक संगित, पुरातात्विक सम्पदाहरुको संरक्षण गर्नका लागि विषेश नीति तथा कार्यक्रम तर्जुमा गरी जुम्लालाई पर्यटन स्थल (टुरिजम हव) को रुपमा विकास गरिने भएको हो ।
नेपाली भाषको उद्गम भाषाको रुपमा रहेको जुम्ला जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा पहिचान गर्न खस भाषाको संरक्षण र सम्वद्र्धन गर्दै नगर क्षेत्रमा रहेका सम्पदाहरु चन्दननाथ, भैरबनाथ मन्दिर, ठाकुर ज्यू, डुडुल चैत्य, गणेश गुफा, खानसाँघु लगायतका पर्यटकीय पूर्वाधारको विकास र प्रचारप्रसार गरिने नगरप्रमुख राजुसिंह कठायतले बताए । थप पर्यटकीय क्षेत्रको पहिचानका लागि सम्भाव्यता अध्ययन गर्ने नीति पास गरिएको प्रमुख कठायतको भनाई छ ।
चन्दननाथ नगरपालिकाले काठमाडौं महानगरपालिको सहयोेग र सहकार्यमा निर्माण भईरहेको धिमि पार्क निर्माण सम्पन्न गर्ने भएको छ । आगामी वर्ष धिमि पार्क वरिपरि निर्माण भएको साईकल ट्रयाकलाई व्यवस्थित गरिने भएको छ ।
ललितपुर महानगरपालिकाको सहयोग र सहकार्यमा चन्दनाथ र भैरवनाथ मन्दीर परिसर कलात्मक प्रवेशद्धारा र गणेश मन्दीरको निर्माण गरिने भएको छ ।
सबै काम परिणाममुखी र नतिजामा आधारित बनाउने नीतिका साथ आगामी वर्षको प्राथमकिता निर्धारण गरेर नीति कार्यक्रम र बजेट ल्याइएको नगरपालिकाले जनाएको छ ।
१५ शैयाको आयुर्वेद अस्पताल निर्माण गर्ने र आयुर्वेदीक चिकित्सालाई बढावा दिइने नीति समेत चन्दननाथले पास गरेको छ ।
चन्दननाथ नगरपालिकाले जुम्लामा ब्लड बैंक समेत स्थापना गर्ने भएको छ ।
हेर्नुहाेस् चन्दननाथ नगरपालिका जुम्लाकाे आगामी वर्षकाे नीति तथा कार्यक्रम