२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशीमा ५ सम्म स्टेशनरीसहित १० सम्म दिवाखाजा र १२ सम्म निःशुल्क शिक्षा

देशमै पहिलाे र नाैलाे अभ्यास



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले देशमै पहिलो पटक शिक्षामा नौलो अभ्यास गरेको छ । १ वर्षअघि निर्वाचित जनप्रतिनिधिले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन विभिन्न महत्वकांक्षी योजना अघि सारेका हुन् ।

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको भोटेकोशी गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्टेशनरी उपलब्ध गराउन थालेको छ । बालकक्षा देखि कक्षा १० सम्म दिवाखाजा दिने कार्यक्रम सुरु गरेको छ । यो सम्भवतः देशमै पहिलो अभ्यास हो । नेपाल सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजा दिने नीति ल्याएपनि धेरै ठाउँमा प्रभावकारी हुन सकेको छैन ।

भोटेकोशीले दिवाखाजामा स्थानीय उत्पादनका अर्गानिक परिकार मात्रै खुवाउने नीति लिएको छ । दिवाखाजामा जंगफुड र आयातित खाद्यपदार्थ निषेध गरिएको र सबै विद्यालयलाई दिवाखाजामा स्थानीय उत्पादनको परिकारको व्यवस्था गर्न उत्पादनमै जोडदिँदै एक विद्यालय एक टनेलसमेत वितरण गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको उनको भनाई छ । ‘शैक्षिक क्षेत्रमा भोटेकोशी गाउँपालिका नमूना बनाउने लक्ष्य छ । ५ सम्मका विद्यार्थीलाई स्टेशनरीसहित १० सम्मका सबै विद्यार्थीलाई दिवाखाजा र १२ सम्मको शिक्षा पूर्णरुपमा निःशुल्क गरिएको छ ।’ अध्यक्ष शेर्पाले भने,  गाउँकै विद्यालय पढाएर विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नेछौं ।’ गाउँपालिकाले अघि सारेको नीति कार्यान्वयनमा सबैपक्षको भूमिका महत्वपूर्ण हुने अध्यक्ष शेर्पाको भनाई छ ।

याे पनि पढ्नुहाेस्

प्रकाशित मिति : २०८०, ५ श्रावण शुक्रबार ००:००  ८ : ५५ बजे