२०८१, २१ माघ सोमबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रविधिमैत्री बन्यो रोल्पाको रुन्टीगढी : घरबाटै घटनादर्ता गर्न सकिने



रोल्पाको रुन्टीगढीका नागरिकले घरबाटै व्यक्तिगत घटना दर्ता सेवा लिन सक्ने भएका छन् । प्रविधिमैत्री सेवा विस्तारको नीति लिएको गाउँपालिकाले घरबाटै अनलाइन मार्फत व्यक्तिगत घटना गर्दा गर्न सकिने सेवा सुरु गरेको हो ।

समयक्रमको विकाससँगै प्रविधिमैत्री सेवा विस्तार गरिएकाले रुन्टीगढीका नागरिकले जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना दर्ता घरबाटै गर्न सक्ने गाउँपालिका अध्यक्ष जनक पुनले बताए । पालिकाका अन्य सेवालाई पनि प्रविधिमैत्री बनाइने अध्यक्ष पुनको भनाई छ ।

रुन्टीगढीले अनलाइन मार्फत व्यक्तिगत घटना गर्दा गर्ने सफ्टवेयरको विकास गरेको छ । घरबाटै घटना गर्दा गरेपछि टोकन नम्बर प्राप्त हुने, उल्लेखित विवरणका आधारमा सम्बन्धित वडामा घटना दर्ता हुने र त्यसपछि सेवाग्राहीले प्रमाणपत्र प्राप्त गर्न सक्ने बनाइएको छ ।

घटना घटेको ३५ दिनभित्र घटना दर्ता गरे जरिवाना नलाग्ने व्यवस्था छ ।

दुर्गमकाे पालिका भएपनि रुन्टीगढी प्रविधिमैत्री सेवा प्रवाहमा अरु भन्दा अगाडी छ । जनहितमा जारी सन्देशहरु समेत पालिकाले सामाजिक सञ्जालबाट निरन्तर जारी गरिरहेकाे छ ।

प्रकाशित मिति : २०८०, ७ भाद्र बिहीबार ००:००  ४ : ११ बजे