ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ पाएका छन् । सेप्टेम्बर २७ मा लन्डनमा भएको ‘ग्लोबल पिस समिट’ मा अध्यक्ष तामाङ अवार्डसहित सम्मानित भएका हुन् ।

भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ गरेको सर्वेक्षणका आधारमा तामाङ उक्त अवार्डका लागि छनोट भएका थिए ।
कोरोना महामारीको समय र त्यसयता नागरिक सरोकारका सवालमा तामाङले नेपालमा पु¥याएको योगदानको मुल्याङ्कन गर्दै उनलाई अवार्ड बाट सम्मानित गरिएको हो।
सुनकोशी गाउँपालिका अध्यक्ष तमाङले कानुन अनुसार आफुले पाउने सम्पूर्ण तलब भत्ता सामुदायिक विद्यालयको विकासका लागि वितरण गर्ने गरेका छन् । स्थानिय तहको निर्वाचनमा तामाङ नेपाली काँग्रेस बाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।
उनि नेपाली काँग्रेस जिल्ला कार्य समिती ओखलढुंगाका उप सभापति हुन् ।
गाउँपालिका अध्यक्ष हुनुअघि पनि विभिन्न माध्यमबाट सामाजिक काम गर्दै आएका अध्यक्ष तामाङ युवाहरु माझ लोकप्रिय छन् ।
अवार्ड ग्रहणपछि अध्यक्ष तामाङले यो अन्तराष्ट्रिय स्तरको सम्मानले थप उत्साहित र जिम्मेवार बनाएको बताएका छन् ।