बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ई–हाजिरी सुरु गरिएको छ । प्रविधिमैत्री पालिका बनाउने लक्ष्य रोखेको स्वामीकार्तिक खापरले कर्मचारीको नियमितता बढाउन र सेवालाई थप प्रभावकारी बनाउन ई–हाजिरी सुरु गरेको हो ।
असोज २१ गते आईतवारका दिन देखि स्वामीकार्तिक खापर गाउँपालिकामा ई–हाजिरी सुरु गरेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए । गाउँपालिका भित्रका विद्यालय र अन्य कार्यालयमा समेत ई–हाजिरी सुरु गरिने अध्यक्ष रोकायाको भनाई छ ।
विगतमा रजिस्टरमा हाजिर गर्ने यहाँका कर्मचारीले ई–हाजिरीमै हाजिर गर्न थालेपछि कार्यालय समयमा कर्मचारीकाे नियमितता बढ्ने छ ।
दुर्गम जिल्ला बाजुराको दुर्गम क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाले गुणस्तरीय सेवा र प्रविधिमैत्री पालिकाको अवधारणा बनाएर काम गर्दै आएको छ ।