२०८२, ४ पुस शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवालाई निःशुल्क पेशागत तालिम दिँदै कागेश्वरी



कागेश्वरी मनोहरा नगरपालिकाले युवाका लागि निःशुल्क पेशागत तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा विभिन्न ५ वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन गर्ने भएको हो ।

कागेश्वरीमा कुक, प्लम्वर, विल्डिङ इलेक्ट्रिसियन, कम्प्युटर हार्डवेयर तथा नेटवर्क र लेखापाल तालिम सञ्चालन हुने भएको हो ।

युवालाई सीप सिकाएर क्षमतावान बनाई पेशा व्यवसायमा संलग्न गराएर स्वरोजगार बनाउन पेशागत तालिम सञ्चालन गरिने नगरप्रमुख उपेन्द्र कार्कीले बताए ।

१८ वर्ष पुगेर ४० वर्ष ननाघेका नेपाली नागरिक तथा पेशागत कार्य प्रकृतिको आधारमा काम गर्न सक्नेले तालिमका लागि आवेदन दिन सक्नेछन् ।  

प्रकाशित मिति : २०८०, १२ कार्तिक आइतबार ००:००  १ : ५० बजे