२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँगुरीगढीका गाउँप्रहरीलाई विपद् व्यवस्थापन तालिम



धनकुटाको साँगुरीगढी गाउँपालिका गाउँप्रहरीलाई विपद् व्यवस्थापन तालिम दिइएको छ । गृह मन्त्रालय अन्तरगत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पालिकालाई प्राप्त भएको विपद्का बेला आवश्यक पर्ने सामाग्रीहरुको प्रयोग बारे गाउँपालिकामा कार्यरत प्रहरीहरुलाई तालिम दिइएको हो ।

शसस्त्र प्रहरी वल मुलघाटको सहयोगमा साँगुरीगढीका गाउँप्रहरीलाई तालिम दिइएको पालिका अध्यक्ष जितेन्द्र राईले बताए । गाउँपालिका क्षेत्रमा जुनसुकै समयमा आइपर्ने विपद्लाई मध्यनजर गरेर पालिकाले आफ्नो गाउँ प्रहरीहरुलाई दक्ष बनाइराख्न तालिम दिइएको अध्यक्ष राईको भनाई छ ।

विपद् जोखिम न्यूनिकरणका लागि जनचेतना फैलाउने, विपद् आइहाले उद्दार तथा पुनस्थापनाका लागि समेत आवश्यक औजार र जनशक्ति तयारी अवस्थामा राख्ने गाउँपालिकाको नीति छ ।

प्रकाशित मिति : २०८०, १३ कार्तिक सोमबार ००:००  १ : १२ बजे