२०८२, २ असार सोमबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पपीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीको सहयोग



चिनियाँ कम्युनिस्ट पार्टीले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई अतिरिक्त सहयोग गरेको छ । यसअघि चीन सरकारले पनि सहयोग गरेको थियो । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई बुधबार साँझ दुई करोड ७४ लाख ७५ हजारबराबरकाे राहत सामग्री उपलब्ध गराएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्‍याइदिने जानकारी दिएको कांग्रेस नेता खतिवडाले बताए । स्थानीय राजनीतिक दल र प्रतिनिधिहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०८०, ३० कार्तिक बिहीबार ००:००  ११ : ५५ बजे