२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनाधिकृत घर टहरा भत्काउँदै सुनकोशी



ओखलढुंगाको सुनकोशी गाउँपालिकाले सार्वजनिक स्थलमा स्थानीयले अनाधिकृत रुपमा बनाएका संरचना भत्काउने भएको छ । पटक पटक आग्रह गर्दापनि त्यस्ता संरचना हटाउन स्थानीले अटेर गरेपछि पालिका आफैले अनाधिकृत संरचना भत्काउने भएको हो ।

कार्यपालिकाको २०७९ साउन २८ गते बसेको बैठकले गाउँपालिकाका १० वटै वडाका सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाएर हाट बजार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार पालिकाले गतसाल भदौ २७ गते नै सार्वजनिक सूचना जारी गरेर ३५ दिनभित्र अनाधिकृत घर, टहरा हटाउन आग्रह गरेको थियो । पालिकाको उक्त आग्रह स्थानीयले अटेर गरेपछि पुनः एक पटक १५ दिनभित्र संरचना हटाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए । फेरि पनि स्थानीयले अटेर गरे त्यस्ता संरचना पालिका आफैंले भत्काउने र लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाले व्यहोर्नुपर्ने उनको भनाई छ ।

फलाटे भञ्ज्याङसहितका पालिकाका मुख्य बजार व्यवस्थापनका लागि ठेक्का लगाइसकेको सुनकोशी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ३ मंसिर आइतबार ००:००  ३ : ३७ बजे