२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा सहकारी ठगी आरोपमा माओवादी नेता पक्राउ



ओखलढुंगामा सहकारी ठगी आरोपमा माओवादीका १ नेतासहित २ जना पक्राउ परेका छन् । बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुंगाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका हुन् । बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष सुनुवारलाई काठमाण्डौं महानगरपालिका वडा नं. ६ बौद्धबाट र मोलुङ गाउँपालिका ४ हर्कपुरका पदम बहादुर खत्रीलाई घरैबाट बुधबार पक्राउ गरिएको प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । विहिबार आज अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद लिइएको छ ।

बचतकर्ता मध्येका तिलक श्रेष्ठ समेतले गत मंसिर १५ गते सहकारी विरुद्ध जाहेरी दर्ता गरेका थिए । ककनी गौरीबन सहकारी संस्थामा राखेको र उक्त बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरको भन्दै कानुन अनुसारका कारबाहीको माग गरेर बचतकर्ताहरुले  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पक्राउ परेको सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुंगाका  जिल्ला सचिव हुन् ।

सहकारी अन्य सञ्चालक समितिका पदाधिकारी पनि फरार छन् ।

प्रकाशित मिति : २०८०, ११ माघ बिहीबार ००:००  १० : ११ बजे