२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिसंखुपाखरमा नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु



सिन्धुपाल्चोकको लिसंखुपाखरमा नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु भएको छ । पालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटबाट लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो ।

युवालाई सरकारी सेवा प्रवेशका लागि घरैमा बसेर गाउँमै तयारी गर्ने अवसर दिलाउन लोकसेवा कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष राजु लामाले बताए । अध्यक्ष लामाले लोकसेवाको पाठ्यपुस्तक वितरण गर्दै कक्षालाई थप प्रभाबकारी र व्यवस्थित बनाउन निर्देशन र हौसला दिएका छन् । सरकारी सेवा प्रवेशमा पालिकाबासी युवालाई प्रोत्साहन गरिएको अध्यक्ष लामाले अनलाइन सरोकारसँग बताए ।

कक्षामा पालिका भित्रका ३३ जना सहभागी छन् ।
गाउँमै निःशुल्क लोकसेवा तयारी कक्षा सुरु भएपछि स्थानीय युवायुवती खुशी भएका छन् ।

प्रकाशित मिति : २०८०, २३ माघ मंगलबार ००:००  ३ : २३ बजे