२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एक घर, एक दुहुनु गाई’ को नीति कार्यान्वयन गर्दै स्वामीकार्तिक खापर गाउँपालिका



बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले ‘एक घर, एक दुहुनु गाई’ कार्यक्रम नीति कार्यान्वय गरेर पशुपालन मार्फत किसानलाई आन्मनिर्भर बनाउने भएको छ । पालिकाको बजेटm नीति तथा कार्यक्रममा समावेश गरेर गाउँसभाबाट पास भएको ‘एक घर, एक दुहुनु गाई’ कार्यक्रमलाई कार्यान्वयन गरिने भएको हो ।

स्थानीय सरकारको सिमित स्रोतबाट एकैपटक सबै नीतिहरु कार्यान्वन हुन सक्ने अवस्था नभएकाले ‘एक घर, एक दुहुनु गाई’ जस्ता कार्यक्रमलाई स्रोत कार्यान्वय गर्दै किसानको आम्दानी बढाउन लागि परेका गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए । खेती योग्य जमिन कम भएपनि चरिचरणका लागि खुला जग्गा प्रसस्त भएको र पशुपालनका लागि हावापानी उपयुक्त रहेकाले पशु विकासका कार्यक्रममा जोड दिइएको अध्यक्ष रोकायाको भनाई छ । फलफुल खेतीको विस्तार, कृषिमा रैथानेवालीको संरक्षण एवं पशुपालन मार्फत किसानलाई आत्मनिर्भर बनाउने उनको भनाई छ ।

स्वामिकार्तीकका स्थानीयले गाई, भैसी पालनबाट घरयासी प्रयोजनका लागि दूध, दही, घिउ उत्पादन गरिरहेका छन् । स्थानीयको उत्पादन बढाएर व्यवसायीक बनाउन पालिकाले नीति ल्याएको हो ।

यहाँका हरेक घरमा गाई पालन गरिन्छ । गाई नहुने कृषकले भैसी पालेर दूध, दही, घिउ उत्पादन गरिरहेका छन् ।

यसरी समृद्ध बन्दैछ स्वामीकार्तिक हेर्नुहाेस् भिडियाेमा

प्रकाशित मिति : २०८०, २४ माघ बुधबार ००:००  १२ : ०६ बजे