२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटाको हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, मेयर तामाङद्वारा शिलान्यास



धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो ।

मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिने भीरगाउँलाई अब सुगम बनाउँन यो सडक कोसेढुंगा सावित हुने दाबी गरे । १५ महिनाभित्र यो सडक कालोपत्रे भइक्ने र आकर्षक बाटो बन्ने मेयर तामाङले अनलाइन सराेकारसँग बताए ।   

७.१ किलोमिटर लामो सो सडक विश्व बैंकको सहयोगमा ३२ करोड ७२ लाख ३ हजार ७१८ रुपैयाँ खर्च गरेर कालोपत्रे गर्न लागिएको हो । १५ महिना अर्थात आर्थिक वर्ष २०८२-०८३ मा काम सक्ने गरी आशिष आशीर्वाद स्वामिनारायण जेभीले कालोपत्रेको जिम्मा लिएको छ ।

तोकिएको समय अगावै सक्ने गरी काम गर्ने निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत बताउँछन् । सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भीरगाउँवासी हर्षित भएका छन् ।  

प्रकाशित मिति : २०८१, ६ बैशाख बिहीबार ००:००  १० : १७ बजे