२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘डिग्री माइला’ ले १ सातामा ५ करोड कमायो



ओखलढुंगाको रुम्जाटारमा छायाँङ्कन गरिएको फिल्म ‘डिग्री माइला’ ले १ सातामा २ करोड ५० लाख कमाएको छ । ‘डिग्री माइला’ले पहिलो साता घरेलु बक्स अफिसमा ५ करोड ५ लाख ग्रस कमाइ गरेको हो ।

निर्माताले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा २ करोड ५० लाख ग्रस र उपत्यकाबाहिर २ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले बताए । यो कमाइ आफूहरुले अपेक्षा गरेको भन्दा कम रहेको उनको भनाई थियो ।

अभिनेता दयाहाङ राईले भने पहिलो साताको कमाइ अपेक्षित नै रहेको बताए । भिन्न तरिकाले कथा भन्ने आफूहरुको प्रयासको पहिलो थालनी ‘डिग्री माइला’ले गरेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा वितरक र कलाकार लगायत सहभागी थिए । रामबाबु गुरुङ निर्देशित यो फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

बाँसुरी फिल्म्सको यो प्रोजेक्टले शैक्षिक बेरोजगार पात्र र गाउँको क्याम्पसमा अंग्रेजी विषयको शिक्षक नियुक्तिको संघर्षबारे कथा पेश गर्छ । गाउँको एउटा युवाले डिग्री पास गरेपछि केही समय हौसिएको र पछि अवसरहरु नपाएर भौतारिएको प्रसंगमा पुगेर कथा टुङ्गीन्छ ।

निर्देशक रामबाबु गुरुङले आफ्नै जन्मथलो ओखलढुंगाको रुम्जाटारमा फिल्म छायाँङ्कन गरेका थिए ।

प्रकाशित मिति : २०८१, ७ बैशाख शुक्रबार ००:००  ५ : १७ बजे