२०८१, २५ बैशाख मंगलबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवराजका शिक्षकलाई दल त्याग्न ५ दिने अल्टिमेटम



कपिलवस्तुको शिवराज नगरपालिकाले राजनीतिमा लागेका शिक्षक कर्मचारीलाई दल त्याग गर्न ५ दिनको अल्टिमेटम दिएको छ । पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिँदै निर्देशनको पालना नगरे कारबाही गर्ने चेतावनी दिइएको छ ।

नगरप्रमुख अजय थापाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले कुनै पनि पार्टीको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भएमा ५ दिनभित्र सो राजनीतिक दलमा राजीनामा बुझाई ५ दिनभित्र नगरपालिकामा पेश गर्न कर्मचारी तथा शिक्षकलाई निर्देशन दिएका छन् । थापाले सूचना प्रकाशन गर्दै शिक्षक र कर्मचारी राजनीतिक व्यक्ति नभई सामाजिक व्यक्तित्व भएकोले कुनै राजनीतिमा आबद्ध हुन नपाउने जनाएका छन् । विद्यालयलाई राजनीति परिधिबाट टाढा लैजानुपर्ने उनको भनाइ छ ।

गत शैक्षिकसत्रमा कर्मचारी र जनप्रतिनिधिहरूका छोराछोरी सरकारी विद्यालय पढाउनुपर्ने नियम लगाएका मेयर थापाले यस वर्ष राजनीति मुक्त विद्यालय बनाउनमा जोड दिएका छन् ।

युवा नेता थापाले नगरपालिकामा नयाँ र रचनात्मक काम गरिरहेका छन् ।

प्रकाशित मिति : २०८१, १४ बैशाख शुक्रबार ००:००  १ : १८ बजे