२०८१, ११ श्रावण शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारीसाधन कर बाँडफाँट : स्थानीय तहलाई पाँच अर्ब



बागमती प्रदेशका स्थानीय तहहरूलाई सवारीसाधन कर बाँडफाँटबाट पाँच अर्ब रुपियाँ हस्तान्तरण हुने भएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सिफारिसका आधारमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशभित्रका ११९ स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण अनुसार पाँच अर्ब रुपियाँ हस्तान्तरण हुने बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश सरकारबाट सङ्कलन हुने सवारीसाधनको ४० प्रतिशत हिस्सा ११९ स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण मन्त्रीस्तरीय निर्णय अनुसारको विवरण पालिकालाई पठाइएको छ ।

स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण अनुसार सबैभन्दा कम नुवाकोटको सूर्यगढी गाउँपालिकालाई एक करोड पाँच लाख दुई हजार रुपियाँ हस्तान्तरण हुने छ । सबैभन्दा बढी काठमाडौँ महानगरपालिकालाई ३९ करोड ८४ लाख ३७ हजार पाँच सय र भरतपुर महानगरपालिकालाई २५ करोड ७५ लाख ६७ हजार सात सय रुपियाँ वार्षिक सवारीसाधन कर बाँडफाँटबाट हस्तान्तरण हुने मन्त्रालयको अभिलेखमा छ ।

प्रकाशित मिति : २०८१, १४ जेठ सोमबार ००:००  १० : ५३ बजे