२०८२, ११ जेठ शनिबार | Sat May 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुद्धोधनका अग्नि पीडित २७ परिवारलाई खाद्यन्न वितरण



कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अग्नि पीडित २७ परिवारलाई खाद्यन्न वितरण गरिएको छ । गणतन्त्र दिवसको दिन पारेर लुम्बिनी एकीकृत विकास संस्थाको आयोजना तथा कÞतार च्यारिटीको सहयोगमा आगलागी प्रतिकार्य कार्यक्रम अन्तरगत पालिका भित्रका आगलागीबाट घर जलेर नष्ट भएका परिवारलाई खाद्यन्न वितरण गरिएको हो ।


यसवर्षको हिउँदमा शुद्धोधनका वडा नम्बर १, ३, ५ र ६ का ४३ घरगोठ र भुसभकारी जलेर नष्ट भएको थियो । घर टहरा जलेका २७ परिवारलाई दाताबाट प्राप्त खाद्यन्न राहत हस्तान्तरण गरिएको र पालिकाबाट नगद राहत दिने तयारी गरिएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले अनलाइन सरोकारसँग बताए । अध्यक्ष चौधरीका अनुसार पालिकाले अग्नि पीडत परिवारलाई ५० हजार भन्दा कम क्षति भएकालाई नगद ५ हजार र ५० हजार माथि क्षति भएकालाई १० हजार राहत दिने गाउँपालिकाको नीति छ ।


आन्तरिक स्रोत न्यून भएपनि शुद्धोधन गाउँपालिकाले नागरिक सरोकारका क्षेत्रमा काम योजनावद्ध काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१, १५ जेठ मंगलबार ००:००  १० : १८ बजे