२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मीका ३ सय ६२ भूमिहिनले यसैवर्ष पुर्जा पाउँछन् : मेयर राया



धनकुटाको महालक्ष्मी नगरपालिकाका भूमिहिन परिवारले लालपुर्जा पाउने नगरप्रमुख ध्रुवराज रायाले बताएका छन् । नागेश्वर गुठीको नाममा रहेको जग्गा प्रकृया पुरा गरेर स्थानीयलाई स्वामित्त्तो हस्तान्तरण गर्ने तयारी भईरहेको नगरप्रमुख रायाले बताएका हुन् ।

महालक्ष्मीको करिब २० हजार रोपनी जग्गा नागेश्वर गुठीको नाममा छ । यहाँका ३ सय ६२ भन्दा बढी परिवारको जमिन छ, पुर्जा छैन अर्थात जोतभोग गरिरहेको जग्गा गुठीको नाममा हुँदा स्थानीय भूमिहिन सुकुम्बासी जस्तो बन्नु परेको छ ।

यो समस्या समाधान गर्न नगरप्रमुख रायाले नै अग्रसरता देखाएका छन् । सद्यौंदेखि सुकुम्बासी बनेका वडा नम्बर ५ र ६ का ६० प्रतिशत नागरिकले यसैवर्ष पुर्जा पाउने मेयर रायाले अनलाईन सरोकारसँग बताए । त्यसका लागि गुठीको व्यवस्थापन र संरक्षण पक्षसँग परामर्श गरेर नियमानुसार काम अघि बढेको उनको भनाई छ ।  

प्रकाशित मिति : २०८१, २४ जेठ बिहीबार ००:००  ४ : ४९ बजे