२०८२, १३ बैशाख शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरणले ल्यायो ६६ करोड ८१ लाखकाे बजेट



ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६६ करोड ८१ लाख पाँच हजार आठ सय १७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१-०८२ को लागि निति तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि नगरपालिकाको १४ औँ नगरसभामा उपमेयर केदारबाबु बस्नेतले उक्त बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये नगरपालिकाको आन्तरिक आय एक करोड ७५ लाख र मालपोत कार्यालयबाट घर जग्गा रजिष्ट्रेशन दस्तुर बाडफाडबाट ६५ लाख, राजश्व वाडफाँड संघीय सरकार १० करोड ४८ लाख रहेको छ ।

यसका साथै सवारी साधन कर वाडफाँड प्रदेश सरकार ८३ लाख ४८ हजार, संघीय सरकारबाट वित्तीय सामानीकरण अनुदान १० करोड ४५ लाख, समपुरक अनुदान ५० लाख, विशेष अनुदान एक करोड ५५ लाख र सशर्त अनुदान ३५ करोड ४२ लाख २१ हजार रहेको छ ।

प्रदेश सरकारबाट वित्तीय समानीकरण ६३ लाख ८७ हजार, समपुरक अनुदान एक करोड ३० लाख र सशर्त अनुदान एक करोड ७० लाख ४६ हजार र बाँकी नपुग रकम आ.व. २०८०-८१ बाट बैङ्क मौज्दात अल्या एक करोड ५३ लाख ३ हजार ८ सय १७ रुपैया अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा चालु तथा प्रशासनिक खर्चमा मितव्ययीता अपनाउने भएको छ । आगामी वर्षका लागि ११ करोड ६१ लाख तीन हजार तीन सय मात्र विनियोजन गरिएको उपमेयर केदारबाबु बस्नेत मार्फत सार्वजनिक बजेटमा उल्लेख गरिएको छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि तथा पशुपन्त्री, सिंचाई, पुर्वाधार विकास र खानेपानीलाई विशेष प्राथामिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको छ ।

कृषि पूर्वाधार, सिंचाई, कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने साथै सेतो सिमी, बुङको आलु उत्पादन प्रोत्साहन र भण्डारण साथै बजारीकरण गर्न सहयोग पुर्याउने निति तथा कार्यक्रम ल्याईएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताए ।

खानेपानी, पुर्वाधार, स्वरोजगार, विकास निर्माण जस्ता आधारभूत विषयलाई प्राथमिकता दिएर काम गर्ने योजना समेत रहेको मेयर खनालको भनाई छ ।

सिद्धिचरण नगरपालिका सँगै जिल्लाको अन्य पालिकाले पनि आर्थिक वर्ष २०८१-०८२ का लागि निति तथा कार्यक्रम साथै बजेट ल्याएका छन् ।

प्रकाशित मिति : २०८१, १२ असार मंगलबार ००:००  ९ : २३ बजे